काठमाडाैँ/दिनकाे एक कप चिया पिउन कटाैती गरेर त्यस बापतकाे रकम असहायहरूलाई आँखाकाे ज्याेति प्रदान गर्न प्रदान गर्ने अभियानकाे बाह्राैँ वार्षिक कार्यक्रम शनिबार सम्पन्न भएकाे छ।
वरिष्ठ गायिका आनी छाेइङ डाेल्माकाे प्रमुख आतित्थ्यमा काठमाडाैँकाे टेकुमा सम्पन्न कार्यक्रममा एक कप चिया दान अभियानका दाता तथा सहयाेगीहरूलाई स-सम्मान प्रमाण-पत्र प्रदान गरिएकाे थियाे।
अभियानका अध्यक्ष नेत्र विज्ञ सिद्धार्थ रञ्जितकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ बालराेग विज्ञ डा. उर्मिला शाक्य, इञ्जिनीयर भरत लाल श्रेष्ठ, अभियानका महासचिव राेशन राज महर्जन र काेषाध्यक्ष शर्मिला डङ्गाेल लगायतले शुभकामना मन्तव्य तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे।
कार्यक्रममा “एक कप चिया दान अभियान” सम्बन्धी गीत र वृत्तचित्र पनि प्रस्तुत गरिएकाे थियाे।

















