प्रथम दिलबहादुर मेमोरियल कराँते च्याम्पियन शिप २०२२ सम्पन्न

234

काठमाडौं/ मनकामना डोजो म्हेपीको आयोजनामा छत्र बहादुर आलेको सभापतित्वमा प्रथम दिलबहादुर रम्तेल मेमोरियल ओपन कराँते च्याम्पियन शिप २०२२ सम्पन्न भएको छ।

नेपाल ओलम्पिक कमितिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेको प्रमुख आतिथ्यमा नयां बस पार्क बालाजुमा रहेको ह्वाईत हेवन एकेडेमीको प्रानगनमा सम्पन्न भएको हो। प्रमुख आतिथ्य लाखेद्वारा पानसमा दिप प्रज्वलन गरि उद्घाटन पश्चात संचालन भएको कराँते प्रतियोगितामा २३ वटा विधामा २१ वटा टिमबाट जम्मा ३३५ जना खेलाडीहरुको सहभागी भएको थियो। सो प्रतियोगिता मा प्रथम हुन सफल टिम मनकामना डोजो, दोश्रो बुढानिलकण्ठ डोजो र तेश्रो टिम हाईएसिया डोजो हुन सफल भएको छ ।

बेष्ट प्लियरमा महिला तर्फ योन्जन लामा, पुरुष तर्फ फुर्वा सि़ं वाईवा हुन सफल भए छ भने सान्त्वनामा पुरुष तर्फ मोहन सापकोटा र महिला तर्फ मनिषा वाईवा तामांग तथा डिसिपिलियन टिम तर्फ साउथ वेल्थ हुन सफल भएको छ । कार्यक्रमलाई संयोजक नारायण श्रेष्ठ गर्नु भएको थियो भने टिमकाे संयोजक छत्र बहादुर आलेले गरेको थियो । जितेन्द्र महर्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here