काठमाडौं / अमेरिका पत्रिका फोब्र्सको अर्बपति सूचीमा नेपाली अर्बपति भनेर सूचीकृत भएका विनोद चौधरी यसपटकको चुनावी परिणामबाट निकै तनावमा परेका छन् । चौधरीले नेपाली कांग्रेसलाई विजयी गराएर आफू नेपालकै अर्थमन्त्री बन्ने योजना बनाएका थिए । यो कुरा उनले नेपाली कांग्रेसका केही नेताहरूसाग नै व्यक्त गरेका थिए । चौधरीले नेपाली काग्रेसलाई चुनाव खर्च स्वरूप पााच करोड रूपैयाा नगद उपलब्ध गराएको समेत कांग्रेस सूत्रले जानकारी गराएको छ । चौधरी यसअघि नेकपा (एमाले)लाई पनि पााच करोड रूपैयाा उपलब्ध गराएर संविधानसभाको सभासद् बनेको कुरा आफै खुलासा गरेका थिए ।
दोस्रो संविधानसभाको चुनावमा पनि एमालेबाट सभासद बन्न चाहेका विनोद चौधरीले फेरि ५ करोडको माग एमालेबाट भएपछि आफू पन्छिएको जनाएका थिए । विनोद चौधरीको यसपटकको कांग्रेस प्रवेशले उनको व्यापारिक छविमा भने नराम्रो प्रभाव पर्ने आशंका विश्लेषकहरूले गरेका छन् । नेपालमा उत्पादित वाईवाई चाउचाउ भारतलगायतका देशहरूबाट उत्पादन गर्न थालिएपछि नेपालभन्दा बाहिरी मुलुकमा आफ्नो कारोबार विस्तार गरिरहेका विनोदलाई अर्थमन्त्री बनाउने भारतका केही नेताहरूको योजना यसपटककलाई भने असफल भएको छ । (- जनधारणा साप्ताहिक)

















