हाम्रो पात्रोले रेमिटेन्स सेवा सुरु गरेको ७ महिना पूरा

111

काठमाडौं । नेपालको सर्वाधिक डाउनलोड गरिएको र एक मात्र लोकप्रिय एप हाम्रो पात्रोले रेमिटेन्स सेवा सुरु गरेको ७ महिना पूरा भएको छ।

असोज ८ गते देखि सुरु भएको यो सेवामार्फत अहिलेका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्छन्। अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिनेछ।

अहिलेसम्म प्रतिव्यक्तिले ६ महिनामा अधिकतम ३० हजार अमेरिकी डलरसम्म पठाउन मिल्ने व्यवस्था थियो भने अबदेखि यो सीमा बढेर एक लाख डलरसम्म पठाउन मिल्ने व्यवस्था छ। प्रतिकारोबार सीमा १० हजार डलरमा नै राखिनेछ भने यो सुविधा टिएर ३ मा भएका प्रयोगकर्ताहरुमा लागू हुनेछ।

पात्रोको रुपमा सुरु भएको हाम्रो पात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ। अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिटेन्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ। जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रोपात्रोको विश्वास छ।

‘तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने गरेकोमा अबको एक महिनाभित्र इन्स्टेन्ट पे को सुविधा उपलब्ध हुनेछ। जसअन्तर्गत रकम पठाएको केही मिनेटमै नेपालको बैंक खातामा पैसा जम्मा हुनेछ’,  हाम्रो पात्रोको संस्थापक/ सीईओ शंकर उप्रेतीले भने।

प्रयोगकर्ताले हाम्रो पात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर  हाम्रो पात्रोको एप डाउनलोड गर्नुपर्नेछ। साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रो पात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ। तर, सम्बन्धित देशमा रहेका प्रयोगकर्ताले मात्र एपमा रहेको यो फिचरमा पहुँच पाउन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here