‘तिमीलाई मैले देखेको’ बोलको म्युजिक भिडियो सार्वजनिक

175

काठमाडौं  । प्रेमिल शैलीको  ‘तिमीलाई मैले देखेको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा मनोज श्रेष्ठ ( जेन )को स्वर, शब्द र संगीत रहेको छ।  युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतलाई राहुल बिश्वकर्माले संगीत संयोजन गरेका हुन्।  काठमाडौंको गोकर्णेश्वर नजिकै रहेको जग्डोल पार्कमा छायाँकन गरिएको यस भिडियोमा सुबाश शाह र एलिशिबा फुँयाल बिचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। मिराज अर्यालले छायाँकन गरेको भिडियोलाई सुबाश शाहले सम्पादन गरेका हुन्।

फोर बि पिक्चर्सको प्रस्तुति रहेको यस भिडियोलाई प्रोमोशन नेपाल सँगको सहकार्यमा तयार पारिएको हो। विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो।  गायक श्रेष्ठको आधिकारिक च्यानल ‘जेन श्रेष्ठ’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।  निर्माण टिमले भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here