काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तरवृद्धि हुनु पर्ने बताएका छन्।
नयाँ वर्ष २०७९ को अवसरमा एक सन्देश जारी गर्दै पूर्वराजा शाहाले वर्ष बदलिँदा हर्ष पनि बढ्नु पर्ने उल्लेख गर्दै भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि हुनु पर्ने जनाएका हुन्।
तर चर्को नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको उनले उल्लेख गरेका छन्।
नेपाल त्रिपक्षीय महाशक्तिहरुबीचको शिखर आभूषणको रुपमा रहेपनि आफ्नै भू बनोट सामाजिक संरचना इतिहास, मूल्य मान्यता तथा परम्पराले गौरवान्दित रहेको शाहाले उल्लेख गर्का छन्।


















