के सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो र?’ भन्दै नेता रावलकाे प्रश्न

126

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीको चुनाव चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो भन्दै प्रश्न गरेका छन्।

आगामी स्थानीय तह निर्वाचनमा राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने गरि एमालेसँग तालमेल भएको भोलिपल्ट नेता रावलले ‘के सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो र?’ भन्दै प्रश्न गरेका छन्।

‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे!’ बिहीबार सामाजिक सञ्जालमा रावलले प्रश्न गरेका छन्, ‘के सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो र?’

उनले यस्तो कामलाई ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो भन्दै टिप्पणी गरेका छन्। ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र!’ उनले भनेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here