अहिले उनले एउटा महत्वपूर्ण कदम चालेकी छिन् । स्कुल डिप्लोमा पूरा गर्न कक्षा कोठामा फर्किएकी छन् ।
उनले मिडिल स्कुल डिप्लोमा लिएकी छिन्, जुन सामान्यतया १४ वर्षको उमेरमा किशोर किशोरीले पूरा गर्छन् ।
‘मलाई पढाइ मनपर्छ । मलाई यो सधैँ मनपर्छ । तर जब युद्ध सुरु भयो, मेरो लागि सबै परिवर्तन भयो । कुनैबेला पैसा भएकाहरूले मात्र अध्ययन गर्न सक्थे’, उनले भनिन् ।
‘मलाई इतिहासका पुस्तकहरू सधैं मनपर्छ, किनभने मैले पुस्तकहरूमा लेखिएको इतिहासको राम्रो अंश अनुभव गरेँ । मैले पहिलो विश्वयुद्धको परिणाम देखेकी छु र दोस्रो विश्वयुद्धमा बाँचेको छु’, मुर्जियाले थपिन् । तस्वीर- फ्रेस्नो २४ डेली मेलबाट


















