कोरोनाकाल मान्छेदेखि मान्छे डराउनुपर्ने समयको रुपमा बित्यो !

31

राज्यलक्ष्मी शाक्य
शीर्षपंक्तिकै शब्दहरुले धेरै कुराको सन्देश प्रभाव गरे जस्तो लाग्छ । विश्वव्यापी कोरोना महामारीको प्रभाव नेपालमा पनि तीव्र भएको बेला हामी सबैले महसुस गरेको कुरा यही हो । हामी आफ्नै घरभित्र आफ्नै परिवारका सदस्यहरुसँग डराउनुपर्ने अवस्थाबीच गुज्रिएर आएका छौं । त्यो बेला एक हिसाबले कोरोना व्यवस्थापनमा सरकार गम्भीर रुपले चुकेको थियो । संक्रमितहरुको उपचारमा परिवारका सदस्यहरुले देख्न समेत नपाउने अवस्था थियो ।
सरकारले घोषणा गरेको लकडाउनका कारण पनि मान्छेहरूले कफ्र्यूको अनुभव गरे । हिँड्दै गरेका र अलपत्र परेका मान्छेहरुलाई समेत उद्दार गर्ने मानवीयता देखाउने अवस्था मानिसहरुमा देखिदैन्थ्यो । त्यसैले अवस्था बास्तवमै मान्छे देखि मान्छे डराउनुपर्ने थियो ।
कोरोनाको डेल्टा भेरिएन्टले ल्याएको दोस्रो लहरले नेपालको ‘हेल्थ सिस्टम’ नै अस्तव्यस्त बन्यो । अस्पतालहरुमा अक्सिजन अभावले बिरामी भर्ना गर्न नसक्ने अवस्था रह्यो । कोरोना संक्रमितले अक्सिजन र उपचार नपाएर ज्यान गुमाए । केन्द्रीय सरकार र काठमाडौं महानगपालिकाले समेत राजधानीमा प्रभावकारी व्यवस्थापन देखाउन सकेन । बरु सरकारले कोरोनाकै उपचार सामग्रीमा भ्रष्टाचार गरेर नाम कमायो । ओम्नी प्रकरण भनेर नेपालको इतिहासमा कलंक बोकेको एउटा संस्था देखा प¥यो । सम्भवतः इतिहास लेख्नेले ओम्नी प्रकरणको बारेमा धेरै कुरा खुलासा गर्ने आशा गर्न सकिन्छ । जसरी माओवादी युद्धकालको भित्री तथ्यहरु पत्रकार सुधिर शर्माले आफ्नो पुस्तक ‘प्रयोगशाला’ मा खुलाएका छन् ।
कोरोनाले विश्वकै अर्थव्यवस्थालाई कमजोर बनाएको छ । तर कोरोनाकाल भन्दा पनि खतरनाक रुपमा श्रीलंकाको अर्थ व्यवस्था अहिले देखिएको छ । अर्थव्यवस्थाकै कारणबाट सबैमन्त्रीहरुले राजीनामा गरेका छन् । केन्द्रीय बैंकका पदाधिकारीहरुले राजीनामा गरेका छन् । नेपाल त्यो अवस्थामा पुगेको छैन । कोरोनाको चर्को प्रहारको सामना गरेका देशहरुमा पनि श्रीलंकाको जस्तो बिग्रिएको अर्थव्यवस्था छैन ।
श्रीलंकाको आर्थिक अवस्था कोरोना महामारीभन्दा पनि घातक सावित हुन सक्ने चेतावनी त्यहाँका चिकित्सकहरुले दिएका छन् । चिकित्सकहरूले गत आइतवार नै यस्तो चेतावनी दिएका छन् । उनीहरूसँग अब जीवन बचाउने औषधिहरू छैन । हाल श्रीलंकामा बिजुली, पानी, इन्धन र खाद्यान्नको चरम अभाव छ । यसबाहेक औषधिको पनि अभाव भइरहेको छ । श्रीलंका मेडिकल एसोसिएसनले सबै अस्पतालहरूलाई अहिले आयातित चिकित्सा उपकरणको चरम अभाव भएको जनाएको छ । यसबाहेक औषधिको आपूर्ति ठप्प छ । विगत एक महिनादेखि नियमित शल्यक्रिया अस्पताहरुमा हुन सकेको छैन । औषधि नहुँदा आकस्मिक शल्यक्रियासमेत हुन नसकेको चिकित्सकहरुले जनाएका छन् ।
चिकित्सकहरुको संगठनले पत्रमार्फत राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सबै जानकारी दिएको छ । केही दिनमा औषधि र उपकरणको आपूर्ति सुनिश्चित हुन नसके महामारीभन्दा विनाशकारी सावित हुने र त्यो समयको समस्या सँग जुध्न कठिन हुने चेतावनी पत्रमा दिइएको छ ।
यसैबीच भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले कोरोना भाइरसविरूद्धको खोप कोभिशिल्ड बुस्टर डोजको मूल्य निर्धारण गरेको छ ।
गत शुक्रबार सेरमले भारतका लागि खोपको मूल्य तोकेको छ । सेरमका अनुसार भारतमा यस खोपको प्रतिडोज मूल्य ६ सय भारु अर्थात् नेपाली रुपैयाँ ९ सय ६० तोकिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले यसअघि १८ वर्षभन्दा माथिका व्यक्तिले जुनसुकै निजी खोप केन्द्रमा अप्रिल १० देखि बुस्टर डोज लिन सक्ने जनाएको थियो ।
मन्त्रालयका अनुसार दोस्रो डोजको लागि ९ महिना पूरा गरेका १८ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले मात्र बुस्टर डोज पाउनेछन्, अब कोरोनाको बुस्टर डोज लगाउन प्रतिडोज ९ सय ६० रुपैयाँ लाग्ने भएको छ । यो पनि महंगी बृद्धि गर्ने एउटा माध्यम बनेको छ । जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here