काठमाडाैं – नेपाल इन्भेस्टमेन्ट बैंकले १६ महिनापछि २ अर्ब ४ करोड रुपैयाँको मुद्दा जितेको छ । बैंकले इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावरसम्बन्धी मुद्दा जितेको हो ।
मुद्दा जितेपछि बैंकले २ अर्ब रुपैयाँभन्दा बढी पैसा फिर्ता गराउन इटालीको बैंकसँग दाबी गर्नेछ । यसबाट बैंकको वासलात थप सुदृढ र बलियो हुनेछ ।
तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी ई–कमेन्टिस्टी (सीएमसी) ले कार्य सम्पादनका लागि ग्यारेन्टी दिएको थियो । तर, कम्पनीले भनेअनुसार काम गरिरहेको थिएन । कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी गरेको थियो ।


















