त्रिविमा अनलाइन कक्षा स्नातकोत्तर अत्तोपत्तो छैन

316

काठमाडाैं – त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहको अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । स्नातक तहमा अनलाइन कक्षा सञ्चालन त के धेरै विद्यार्थीको अझै अत्तोपत्तो लाग्न सकेको छैन ।

कोरोना भाइरसको सङ्क्रमणपछि विश्वविद्यालयले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी अनलाइन कक्षा सञ्चालनमा ल्याउन वैशाख पहिलो साता क्याम्पसलाई निर्देशन दिएको थियो । विश्वविद्यालयको निर्देशनपछि धेरै क्याम्पसले विद्यार्थीको सेमेस्टर खेर नजाने गरी वैशाख दोस्रो साताबाटै अनलाइन कक्षा सञ्चालनमा ल्याएका थिए ।
स्नातक तहमा भने अनलाइन कक्षाको प्रभावकारिता न्यून छ । स्नातकमा बीबीए तहको कक्षाको दोहो¥याएर पढाउने छ भने बीबीएस प्रथम वर्षमा पब्लिक युथ क्याम्पसले अनलाइन कक्षा सञ्चालनमा त ल्याएको छ तर एक हजार विद्यार्थीमा ३० विद्यार्थीको पनि सहभागिता छैन ।

शिक्षा शास्त्रको पठनपाठन हुने राजधानीको महेन्द्ररत्न क्याम्पसमा स्नातक तहमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने भए पनि अझै विद्यार्थीसित क्याम्पसले सम्पर्क स्थापित गर्न सकेको छैन । व्यवस्थापन विषय अध्यापन हुने शङ्करदेव क्याम्पसमा एमबीएस कार्यक्रममा ६० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा जोडिएका छन् । स्नातकतर्फ बीबीएस कार्यक्रम भने सञ्चालन हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here