आज सुन र चाँदीको मूल्य घट्याे

126

काठमाडौं ।  नेपाली बजारमा सुन र चाँदीको मूल्य आज घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार एक लाख २१ सय रुपैयाँमा कारोबार भएको थियो।   तेजाबी सुनको मूल्य तोलामा एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।  चाँदीको मूल्य भने आज ३५ रुपैयाँले घटेर तोलामा १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here