अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मोबाइलसहित दुई पक्राउ

149

काठमाडौं । सुन र मोबाइलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा सिन्धुलीको तीनपाटन गाउँपालिका–३ घर भएका हेमराज न्यौपाने र धादिङको नीलकण्ठ नगरपालिका–७ घर भएका राजेन्द्र अधिकारी छन्। उनीहरु हिमालय एयरको उडानद्धारा दुबईबाट काठमाडौं आएका थिए।

उनीहरुबाट भन्सार छलेर ल्याइएको सुन र मोबाइल बरामद गरिएको हो। न्यौपानेले सुटकेशमा फल्स बटम बनाएर ४५ ग्राम बराबरको सुनको सिक्रि र आईफोन १३ प्रो ल्याएका थिए।

अधिकारीले पनि ४५ ग्रामकै सुनको सिक्री र आइफोन १३ ल्याएका थिए। उनीहरु दुबै जनालाई विमानस्थल भन्सार कार्यालय बुझाइएको विमानस्थल प्रहरी कार्यालय जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here