काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार एक लाख २१ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य तोलामा एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज ३५ रुपैयाँले घटेर तोलामा १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।


















