रूपन्देहीका दुई पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीकाे उम्मेदवार सिफारिस

182

काठमाडाैं । रूपन्देहीका दुई पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवार सिफारिस गरेको छ । सिद्धार्थनगर नगरपालिकाको मेयरको लागि नेता सागरप्रताप राणा र बुटवल मेयरको लागि मृगेन्द्र कुमार शेरचनले उम्मेदवार बनाउन लागेको हो ।

सिद्धार्थनगरमा अन्य पालिकाको तुलनामा राप्रपा बलियो छ । राणा पूर्व नगर प्रमुख हुन् । सिद्धार्थनगर भैरहवाको नामले बढी परिचित छ । भैरहवा राप्रपाका प्रभावशाली नेता दीपक बोहोराको गृहनगर हो ।

७७ वर्षीया राणा भैरहवाका पुराना नेता मानिन्छन् । त्यस्तै बुटवलका शेरचन पनि पुराना नेता हुन् । बुटवलमा बिहीवार भएको आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनलाई मेयरमा अगाडि सार्ने बताएको प्रवक्ता मोहन श्रेष्ठ बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here