काठमाडौं । काठमाडौं त्रिपुरेश्वर बस्ने गोरखा घर भएका २५ वर्षीय काशिराम कुमालको बा.४ च ३२०८ नम्बरको कारमा बिहीबार साँझ अचानक आगलागी हुँदा कारको अगाडिको भाग पूर्णरुपमा जलेर क्षति भएको छ ।
चाबहिल गोपीकृष्ण सडकमा गुडिरहेको अवस्थामा कारमा अचानक आगलागी भएको बताइएको छ । लमजुङ, मध्य नेपाल नगरपालिका-२ नेटास्थित पार्किङ गरिराखेको ना.६ख९९६२ नम्बरको बसमा बिहीबार राति अचानक आगलागी हुँदा बस पूर्णरुपमा जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















