सवारी दुर्घटनामा २ जनाको मृत्यु

66

काठमाडौं ।  काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलास्थित सडकमा रोकी राखेको बा.२१ च ८८९५ नम्बरको गाडीमा बा.३९ प ५१८० नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं कोटेश्वर बस्ने कालिकोट तिला गुफा नगरपालिका घर भएका २० वर्षीय धर्मेन्द्र बमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पेप्सीकोलास्थित मदर ल्याण्ड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही  अस्पताल हुँदै थप उपचारको लागि केएमसि रिफर गरिएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाकाे  बाह्रदशी गाउँपालिका-३ स्थित चारपाने राजगढ सडकमा प्र०२-०३-१९ प १८६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बाटो छेउको बिजुलीको पोलमा ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ बस्ने १९ वर्षीय दिपेश बिष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तासिटि
अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here