एकै दिन दीपिका-रणवीरको रिसेप्सन र निक-प्रियंकाको बिहे , क-कसलाई निम्तो ?

180

नोभेम्बर र डिसेम्बरको महिना बलिउडको दुई चर्चित प्रेम जोडीहरुको विवाह हुने भएको छ । १५ नोभेम्बरमा रणवीर सिंह र दीपिका पादुकोण लगनगाँठो कस्दैछन् भने प्रियंका चोपडा प्रेमी निक जोनससँग १ डिसेम्बरमा विवाह गर्दैछिन् । रणवीर र दीपिकाले भने प्रियंका दुलही बनेकै दिन ग्रान्ड रिसेप्सन दिने भएका छन् ।

प्रियंकाले पनि विवाहको मिति घोषणा गरिसकेकी छन्, प्रियंका र निक जोधपुरको उम्मेद भवनमा रोयल वेडिङ्ग गर्दैछन् । तर उनले एडभान्समा कोही इन्डस्ट्री फ्रेन्डलाई निम्तो पठाएकी छैनन् ।

पाहुनाको डेट पहिला नै बुक गर्न दुबैले रिसेप्सनको इन्वाइट पठाइसकेको सुत्रले जनाएको छ । विवाहको बारे ट्विटरमा घोषणा गरे लगत्तै रणवीर र दीपिकाले इन्डस्ट्रीका म्यूचुअल फ्रेन्ड्सलाई रिसेप्सनको निम्तो पठाउन सुरु गरेका छन् । दुईको रिसेप्सन १ डिसेम्बरमा ग्रान्ड हयातमा हुँदैछ ।  प्रियंकाले सलमान खान, रणवीर कपुर, आलिया भट्टलगायतलाई बिहेमा उपस्थितिका लागि निमन्त्रणा पठाएको खबर छ । फरहान उता, निर्देशक विशाल भारद्वाजलाई दीपिका र रणवीरको रिसेप्सनको इन्विटेसन मिलेको छ ।

दीपिका-रणवीर जोडीले निर्देशक सञ्जय लिला भन्साली, निर्देशक फराह खान र निर्माता आदित्य चोपडालाई भने विवाहमा इन्वाइट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here