सवारी दुर्घटनामा परी एक जना जर्मन नागरिकको मृत्यु

84

काठमाडौं । सवारी दुर्घटनामा परी एक जना जर्मन नागरिकको मृत्यु भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-३ फिल्सिङमा बिहीबार पिकअप गाडी र मोटरसाइकल ठोक्किँदा ६० वर्षीय जर्मन नागरिक मिचेल मेयर ओलवर्षलेबेनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक विदेशी नागरिकसहित दुई जना घाइते भएका छन् ।

नारायणगढबाट काठमाडौं आउँदै गरेको ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ जादै गरेको बागमती प्रदेश ०३–००१च १६८२ नम्बरको पिकअप गाडी ठोक्किएका थिए ।

मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअपमा सवार एक जना घाइते भएका छन् । मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिला घाइते भएकी हुन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here