दोब्बर मत ल्याएर मेयरमा निर्वाचित हुन्छु : स्थापित

143

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका केशव स्थापितले गठबन्धनभन्दा दोब्बर मत ल्याएर निर्वाचित हुने बताएका छन्।

उम्मेदवारी मनोनयन दर्ता पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘केशव स्थापित गठबन्धनको दोब्बर मतभार ल्याएर चुनाव जित्छ। तपाईंहरुले लेखेर राख्नुहोला,’ उनले सञ्चारकर्मीलाई भने, ‘दोब्बर मत ल्याएर मेयरमा निर्वाचित हुन्छु।’

उनले निर्वाचनकै बेला आफ्ना बारेमा अनर्गल प्रचार गर्ने गरेको बताए।

‘समय समयमा किन मुद्धा उठाइन्छ। म विवादमा आएन भने त केशव स्थापित हुँदैन नि। चुनौती खेपेर आएको मानिसलाई सडकमा कसैले केही भन्दैमा म कमजोर हुँदैन,’ उनले भने।

विद्यासुन्दर शाक्य असन्तुष्ट हुनुहुन्छ नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले पार्टीभित्र त्यसो नभएको बताए। ‘माइतीघरमा कसैले नारा लगाउँदैमा एमालेको जनमत कसरी कमजोर हुन्छ?,’ उनले भने, ‘मैले काठमाडौं महानगरलाई नयाँ स्वरुप दिने छु।’

उनले देश कांग्रेसको जिम्मा दिएमा खण्डर हुने भन्दै एमालेको नेतृत्वमा नै देशको विकास हुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here