काठमाडौं । नेपाल सरकारले दृष्टिविहिन सगरमाथा आरोही अमिट केसीलाई सगरमाथा चढ्न रोयल्टी छुट दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को २४ चैतको निर्णय अनुसार रोयल्टी रकम छूट दिई १० लाख रुपैयाँ सहयोग समेत गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

















