काठमाडौं । शरीरमा पानीको कमी हुँदा विभिन्न किसिमका समस्याहरु देखिन थाल्छ । शरीरमा देखिएका समस्या के कारण भएको हो भन्ने थाहा हुँदैन । जसका कारण विभिन्न समस्या देखा पर्छ । जुन मौसम भएता पनि शरीरमा पानीको कमी हुँदा अनौठा सानादेखि ठूला समस्यासम्म देखिन्छ ।
जस्तै पेट बिग्रनु, पेटबाट आवाज आउनु, पखाला लाग्नु, अमिलो पानी आउनु आदि । यद्यपि, यस प्रकारका लक्षण देखिए भने यीनलाई बेवास्ता गर्नु हुँदैन । शरीरमा प्रभाव पार्नेे पाँच लक्षण निम्न प्रकार छन् :
- धेरै भोक लाग्नु ।
- पहेलो पिसाब लाग्नु ।
- सास गन्हाउनु ।
- थकान महसुस हुनु ।
- टाउको दुख्ने समस्या हुनु ।
त्यस्तै शरीरमा पानीको कमी हुँदा देखिने पाँच शारीरिक समस्या निम्न अनुसार छन्:
- टाउको दुख्नु ।
- कब्जियतको समस्या ।
- सुख्खा छाला ।
- ब्लड प्रेशर कम हुनु ।
- किड्नीको समस्याको खतरा
यी लक्षण सामान्य देखिन सक्छन तर बेवास्ता गर्दा खतरापूर्ण हुन्छ । त्यसैले पानी पर्याप्त मात्रामा पिउनु आवश्यक छ । चिसो पानी पिउन सक्नु हुन्न भने मन तातो पानी पिउनु पर्छ ।


















