काठमाडौं / काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) का लागि ५६ जनाले उम्मेदवारी दिएका छन् भने उपप्रमुख (उपमेयर) पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ जनाले दलका तर्फबाट उम्मेदवारी दिएका छन् भने बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् । प्रमुख पदका लागि जनधारणा साप्ताहिकका सम्पादक निमकान्त पाण्डेले नेपाल कम्युनिष्ट पार्टीको तर्पmबाट स्वतन्त्र उम्मेदवारी दिनु भएको छ भने उपप्रमुखमा उमा गुरुङले उम्मेदारी दिनु भएको छ । उपमेयरमा जम्मा ३१ जनाको उमेदवारी परेको छ । ती मध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् ।
उपमेयरका उमेदवार मध्ये १२ जना महिला उमेदवार छन् । आसन्न निर्वाचनका लागि १२ गते साँझसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । मनोनयनको पहिलो दिन ११ गते प्रमुखका लागि १६ र उपप्रमुखका लागि १७ जनाले उम्मेदवारी दिएका थिए ।
काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी गराए अनुसार जिल्लाका सबै पालिकामा जम्मा १ हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । जसमा प्रमुखका लागि १२५ र उपप्रमुख पदका लागि ५७ जनाले, वडाध्यक्षका लागि ३३४, महिला सदस्यका लागि १९१, दलित महिला सदस्यका लागि १२९ जनाले र सदस्यका लागि ४२६ जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी रोल्पाले जिल्लाको बिभिन्न ९ पालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको थाहा भएको छ । उक्त पार्टीले स्थानीय तहको निर्वाचनका लागि रोल्पाका ९ स्थानीय तहमा उम्मेदवारी दर्ता भएको जानकारी दिएको छ । पार्टीका केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज चुडामणि वली (आदर्श)ले गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै उपाध्यक्षमा सुशीला वलीसहित वडामा समेत उम्मेदवारी दिएको छ । वडा नं. २, ३, ४, ५, र ६ नम्वरमा उम्मेदवारी दिएको बताईएको छ । जसमा वडा नं. ५ बाहेक सबै वडामा महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा समेत उम्मेदवारी दिएको उक्त पार्टीले जानकारी दिएको छ ।
त्यस्तै परिवर्तन गाउँपालिका अध्यक्षमा लालबहादुर वली र उपाध्यक्षमा मीरा बुढामगरले उम्मेदवारी दिएका छन । त्यस्तै बिद्रोही मानिने थबाङ गाउँपालिका अध्यक्षमा अमित घर्ती, अजय घर्ती, दरजित रोका र महेश बुढाले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै जिल्लाको सुनिलस्मृति गाउँपालिका अध्यक्षमा कमल थापा र उपाध्यक्षमा दिपेश विष्टले उम्मेदवारी दिएका छन् । त्यस्तै जिल्लाको लुंग्री गाउँपालिका अध्यक्षमा भूपेन्द्र खड्का क्षेत्री र उपाध्यक्षमा ज्ञानु माया विकले उम्मेदवारी दिएकी छिन । त्यस्तै सुनछहरी गाउँपालिकाको अध्यक्षमा नेकपा नेता पुस्तमन घर्ती मगरले उम्मेदवारी दिएका छन् ।
यसैगरी रोल्पा नगरपालिका वडा नं. १० को वडाअध्यक्षमा धनबहादुर थापा र माडी गाउँपालिका –५ को वडाअध्यक्षमा प्रकाश केसीले उम्मेदवारी दिएका छन । त्यस्तै त्रिवेणी गाउँपालिकाको ३ नं. मा वेदबहादुर पुन र ६ नं. वडामा खिमराज पुनले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।
यी हुन् रोल्पा जिल्लाका ९ वटा स्थानियतहका स्वतन्त्र उम्मेदवार ः – गंगादेब गाउँपालिका, अध्यक्ष ः चुडमणी वली ‘आदर्श’, उपाध्यक्ष ः सुशीला वली, २ नं. वडाध्यक्ष ः टीकाराम नेपाली, ३ नं. वडाध्यक्ष ः लालबहादुर वली ‘विश्व’, ४ नं. वडाध्यक्ष ः नन्दे वली ‘मगल’, ५ नं. वडाध्यक्ष ः यमन कुमार मल्ल, ६ नं. वडाध्यक्ष ः दिपेन्द्र खत्री, थबाङ गाउँपालिका, अध्यक्ष ः अमित घर्ती÷अजय घर्ती÷दरजित रोका÷महेश बुढा, उपाध्यक्षः राय बहादुर पुन, १ नं. वडाध्यक्ष ः फरके झाँक्री, २ नं. वडाध्यक्ष ः तिर्थ नारायण मिजार, ५ नं. वडाध्यक्ष ः दुक्मन रोका, परिवर्तन गाउँपालिका, अध्यक्ष ः लाल बहादुर डाँगी, उपाध्यक्ष ः मिरा बुढा, २ नं. वडाध्यक्ष ः अनिल केसि, ३ नं. वडाध्यक्ष ः पृथ्वी बिक्रम डाँगी, ४ नं. वडाध्यक्ष ः चित्र बहादुर बुढा ‘गणेश’, ५ नं. वडाध्यक्ष ः खिम प्रसाद घर्ती शाहा ‘ज्वाला’ ६ नं. वडाध्यक्ष ःदिपक थापा, सुनिलस्मृती गाउँपालिका, अध्यक्ष ः कमल थापा ‘बिजुली’, उपाध्यक्ष ः दिपेश बिष्ट, २ नं. वडाध्यक्ष ः बेगमध्वोज थापा ‘एनान’, ६ नं. वडाध्यक्ष ः सन्तोष सुबेदी ‘प्रयास’, सुनछहरी गाउँपालिका, अध्यक्ष ःपुस्तमन घर्ती मगर, उपाध्यक्ष कोम बहादुर बुढा, ६ नं. वडाध्यक्ष ः हेमन्त पुन, लुङ्ग्री गाउँपालिका, अध्यक्ष ः भुपेन्द्र खड्का क्षेत्री, उपाध्यक्ष ः ज्ञानु माया बिक, १ नं. वडाध्यक्ष ः धन बहादुर खत्री, २ नं. वडाध्यक्ष ः जितमान खड्का
३ नं. वडाध्यक्ष ः लिला बहादुर घर्ती क्षेत्री, ४ नं. वडाध्यक्ष ः टेक बहादुर बिष्ट, ५ नं. वडाध्यक्ष ः सर्वण कुमार रोका मगर, त्रीबेणी गाउँपालिका, ३ नं. वडाध्यक्ष ः बेद बहादुर पुन ‘प्रसान्त’, ६ नं. वडाध्यक्ष ः खिम राज पुन माडी गाउँपालिका, ५ नं. वडाध्यक्ष ः प्रकाश के.सी., रोल्पा नगरपालिका, १० नं. वडाध्यक्ष ः धन बहादुर खत्री ‘बिश्लेसन’ ।
त्यस्तै अछाम जिल्लाको सदरमुकाम मङ्गलसेन स्थिति मङगलसेन नपामा समाजसेवी तथा युवा उद्धमी पुर्ण भण्डारीले उपमेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । बिकास निर्माणका काम र जनताको नाममा परिचालन गरिने साधन श्रोतलाई पार्टीकरण हुन नदिन भण्डारीले उपमेयर पदमा उम्मेदवारी घोषणा गरेका हुन । राज्यका तीन तह मध्य स्थानीय तहलाइ स्थानीय सरकारको रुपमा हेरिएको बेला नगरबासिको बिकास र पारदर्शिकताको चाहनालाई सम्बोधन गर्न र राज्यको साधन श्रोतको न्यायपूर्ण बितरण गर्दै बिकासनिर्माणमा भैरहेको राजनीतिकरणको अन्त्य गर्न उम्मेदवारी दिएको उपमेयरका प्रत्यासी पूर्ण भण्डारीले जनाए ।
दलीय आधारमा जसरी स्थानीय जनताबीच धु्रबीकरण हुँदै आएको छ, यसले जित्ने नेता र पार्टीहरुले उपलब्ध साधन श्रोतको पनि पार्टीकरण गर्न थालियो, जितेका प्रतिनिधिहरुले जनताका आधारभुत सेवा सुबिधासमेत पार्टी र आफ्नो नजिकका आधारमा बितरण गर्ने स्थिति रह्यो, यो निकै अन्यायपूर्ण परिपाटी हो, यसको बिकल्प दिनु पर्ने ठान्यौ र मैले उम्मेदवारी दिए भण्डारीले भने ।
नागरिकले इमान्दार, केही गर्न सक्ने र जनपक्षीय उम्मेदवार खोजिरहेको बेला समाजसेवी तथा युवा उद्धमी भण्डारीले नगरको आबश्यकता र नगरबासीको चाहाना अनुसार स्वतन्त्र उम्मेदवारी दिएको जनाए ।


















