काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारी आजदेखि अवकाश पाउँदै हुनुहुन्छ । विक्रम संवत् २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीको निरीक्षक (ईन्पेक्टर) मा भर्ना भएको ९८ औं ब्याचले ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाउने भएको हो ।
तीस बर्षे सेवा अवधिका कारण बिदा लिनेमा प्रहरी महानिरीक्षक क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरू हरिबहादुर पाल प्रधुम्न कार्की, निरजबहादुर शाही हुनुहुन्छ । त्यस्तै, सोही ब्याचका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरू समेत आजैदेअखि अवकाशमा जाँदै हुनुहुन्छ । सेवामा अवधिका कारण अनिवार्य अवकाशमा जाने डिआईजीहरूमा धनश्याम अर्याल, प्रकाशजंग कार्की, गणेशबहादुर ऐर, राम कृपाल साह, प्रकाश अधिकारी, नवराज भट्ट ,उमेश रञ्जितकार, देवबहादुर बोहोरा, पुरूषोत्तम कणेल, राजेन्द्र चौधरी हुनुहुन्छ ।
डिआईजी राजेशलाल कर्ण उमेर हदका कारण गत हप्तामात्र अवकाशमा जानु भएको थियो। त्यस्तै, सोही ब्याचका तीनजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरू प्रदिप श्रेष्ठ , वीरेन्द्र वस्याल नवराज भट्टसमेत आजैदेखि तीसबर्षे सेवा अवधि हदम्यादका कारण अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।
प्रहरी महानिरीक्षक सहित ठूलो सङ्ख्यामा उच्च प्रहरी अधिकारी आजै राति १२ बजेदेखि रिक्त हुने भएपछि आईजीपी लगायत एआईजी नियुक्तिका लागि आज आईतबार मन्त्रिपरिषद् बैठक बस्दैछ ।
मन्त्रिपरिषद् बैठकले २९ औं प्रहरी महानिरीक्षक नियुक्त गर्ने छ । प्रहरी अतिरिक्त महानिरीक्षकहरू विश्वराज पोखरेल, धीरज प्रताप सिंह, शहकुल थापा, रविन्द्रकुमार धानुक भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा हुनुहुन्छ ।


















