तिलोत्तमा नृत्य निर्देशक कार्यशाला सुरू

145

बुटवल ।  नृत्यकर्मी संघ नेपाल र तिलोत्तममा नगरपालिका रूपन्देहीको संयुक्त आयोजनामा शुक्रबारदेखि पाठक्रममा आधारित तिलोत्तमा नृत्य निर्देशक कार्यशाला सुरू भएको छ ।

कार्यशालाको निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले उद्घाटन गरे ।  सो अवसरमा बोल्दै पाण्डेले विद्यालयको पाठ्यक्रममा नृत्यको विषय समावेश गर्न आवश्यक रहेकोमा जोड दिए । समाजको लोक नृत्य बहिर ल्याउन पर्ने र पाठयक्रममा आउनुपर्ने पाण्डेको जोड छ ।  त्यस्तै बुटवल पब्लिक स्कूलका प्राचार्य हेमलाल भुसालले कला संस्कृत र लोक नृत्य बचाउनको लागि लोकनृत्य संरक्षण गर्दै पाठ्यक्रममा राख्नुपर्ने बताए । कार्यशाला तीन दिन चल्ने छ ।

कार्याशालामा रामजी थापा र अनु रजकले प्रशिक्षण दिनेछन । कार्यशालामा ३५ जना विद्यार्थीको सहभागिता रहने रजकले बताए । कार्यक्रमको व्यवस्थापन साधना सांस्कृतिक कला केन्द्र, बुटवलकी व्यवस्थापक प्रेयंका थापाले गरेकी थिइन । भने, सञ्चालन सुदीप ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here