काठमाडौं । नेपालका अग्ला २५ वटा हिमाल आरोहणका लागि ८९९ जना आरोहीले अनुमति लिएका छन्। अनुमति लिएका आरोहीहरु आधारशिविरसम्म पुगिसकेको पर्यटन विभागले जनाएको छ।
यस महिना नेपालका हिमाल आरोहणका लागि आउने आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकाबाट १३३ जना त्यसपछि युकेबाट १०६ जना, भारतबाट ६० जना, फ्रान्सबाट ५६ जना रहेको विभागको तथ्यांक छ।
२५ वटा हिमाल आरोहण गर्न १११ आरोहणदल रहेका छन्। विभागले प्रत्येक आरोहणदलका लागि एक जना सम्पर्क अधिकृत समेत खटाइ सकेको छ। आरोहीसँग समन्वय गर्दै गैरकानुनी गविविधिको अनुगमन गर्न सरकारले कार्यालय नभएको क्षेत्रमा तत्कालका लागि सम्पर्क अधिकृत खटाउने गरेको छ।
यस महिना सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ३१६ जना, त्यसपछि ल्होत्से हिमाल आरोहणका लागि ११२ जना, आमादव्लम हिमाल आरोहणका लागि ९७ जना, कञ्चनजञ्गा हिमाल आरोहणका लागि ६८ जना, नुप्से हिमाल आरोहणका लागि ५७ जनाले अनुमति लिएको विभागको तथ्यांकमा उल्लेख छ।


















