आज सुनको मूल्य तोलामा १४ सयले बढ्याे

82

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन तथा चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सयले बढेको छ।

अघिल्लो दिन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९८ हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ। तेजावी सुन आज प्रतितोलामा ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।

यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेको छ। बुधबार १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज १३ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here