जुम्लामा सहायक मतदान अधिकृतसहित ४९६ कर्मचारी खटिए

93

जुम्ला । जुम्लामा १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ४९६ कर्मचारी खटिएका छन् ।

मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार जिल्लाका ७९ मतदानस्थलका १०२ मतदान केन्द्रमा खटिने कर्मचारी कार्यक्षेत्रमा खटिएका हुन् ।

उनका अनुसार पाँच सय भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा ५ जना र पाँचसय भन्दा कम मतदाता भएका केन्द्रमा ४ जना कर्मचारी रहनेछन् ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार जिल्लाका ८८ मतदान केन्द्रमा पाँचसय भन्दा बढी मतदाता र १४ वटामा पाँच सय भन्दा कम मतदाता छन् ।

प्रत्यक केन्द्रमा कर्मचारी सहित ३ जना स्वयंसेवक खटिने भएका छन् । त्यसको जिम्मेवारी मतदान अधिकृतकै हुने छ । कार्यालय प्रमख शर्माले मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम संचालन गरिसकेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here