जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पार्टी नेता रामचन्द्र झाले तानाशाही प्रवृत्ति देखाएको भन्दै नेकपा एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य कपिलदेव बनरैत, जेबिन्दर यादव, श्यामसुन्दर यादव, रामनारायण यादव, जगदीश मुखियासहितका नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गरेका कपिलदेवले नेता रामचन्द्र झाले पार्टीमा मनोमानी गर्दै तानाशाही प्रवृत्ति देखाएकाले एमालेमा प्रवेश गरेको बताए ।


















