नेपाल स्टक एक्सचेञ्ज दोहोरो अंकले वृद्धि

63

काठमाडौं, २६ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक सोमबार १२ दशमलव २७ अंकले बढेर २२ सय ६८ दशमलव ८४ विन्दु कायम भएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव १२ अंकले वृद्धि भएर ४३९ दशमलव ४७ विन्दुमा पुगेको हो ।

आज २२२ कम्पनीका १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०२ रुपैयाँ बराबरका ३३ लाख २४ हजार ८ सय २२ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here