मुलुकभर काेराेनाबाट हालसम्म ११ हजार ९५२ जना मृत्यु 

113

काठमाडाैं । पछिल्लो २४ घन्टामा मुलुकभर थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमवार ३ हजार २ जनामा गरिएको नमुना परीक्षणका क्रममा ६ जनामा पीसीआरमार्फत र २ जनामा एन्टीजेनमार्फत कोरोना पुष्टि भएको हो । यससँगै मुलुकभर हालसम्म पीसीआर परीक्षणमार्फत ९ लाख ७८ हजार ९४८ जनामा र एन्टीजेन परीक्षणमार्फत १ लाख ४० हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस दिन १७ संक्रमित उपचारपछि निको भएका छन् ।

यससँगै मुलुकभर ९ लाख ६६ हजार ८०६ जना संक्रमित निको भएका छन् ।  यस दिन संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य छ ।   यससँगै मुलुकभर  हालसम्म ११ हजार ९५२ संक्रमितको  मृत्यु  भएको छ ।  मन्त्रालयका अनुसार हाल मुलुकमा सक्रिय संक्रमितको संख्या १९० रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here