आज नेप्से ४४ अंकले बढ्यो

81

काठमाडाैं ।  साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से सूचक बढेर बन्द भएको छ। आइतबारदेखि बढ्न थालेको शेयर बजार मंगलबार ४४.१६ अंकले बढेर २३१३.०० विन्दुमा पुगेको हो।  यस दिन हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ।

हाइड्रोपावर कम्पनीहरुमा हकप्रदको हल्लाले सो कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको हो। मंगलबार विद्युत नियमन आयोगले ङादी ग्रुप पावर र बरुण हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न अनुमति दिएसँगै ती कम्पनीहरुको शेयरमूल्य उच्च दरले बढेको छ।

अन्य धेरै हाइड्रोपावर कम्पनीहरु हकप्रद निष्काशनको तयारीमा रहेको अवस्थामा आयोगले हकप्रद जारी गर्न अनुमति दिन थालेसँगै यस क्षेत्रका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको हो।  यस दिन हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३.८० प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ३.२७ प्रतिशत र विकास बैंकको २.६५ प्रतिशतले बढेको छ। अन्य उपसमूहका सूचकहरु पनि सकारात्मक नै छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here