काठमाडौं । काठमाडौं महानगरपालिकामा शनिबार बिहान ८ बजेबाट मत गन्न सुरू भएकाे छ। राष्ट्रिय सभागृहस्थित गणनास्थलमा मध्यरातमा भएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो। पहिलो चरणमा वडा नम्बर १ बाट ५ सम्मको मतगणना गरिनेछ भने क्रमैसँग थप वडाहरूको मत गनिने बैठकका एक सहभागीले बताए।


















