मतदाताको हत्या गरेर शान्तिपूर्ण निर्वाचन सम्पन्न भन्छन् हत्याराहरु !

157

उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नम्बर १० सोरुङ छबिसे जनता मा.वि. को बुथ केन्द्रमा प्रहरीले गोली चलाउँदा एक सर्वसाधारण मतदाता विर बहादुर कटुवाल नविनको हत्या भएको छ भने अर्का एक जना १३ वर्षिय बालक मोहन बहादुर श्रेष्ठ गोली लागेर गम्भीर घाइते भएका छन् ।

मतदाताहरुको बिचमा सामान्य विवादलाई प्रशासनले समाधान गर्नुको साटो उल्टै छातिमा ताकेर गोली हानेर निर्दोष विर बहादुर कटुवालको हत्या भएको घटनाप्रति नेपाल कम्यनिष्ट पार्टी उदयपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज विवेक कुमाल र सेक्रेटरी लक्ष्मण पौड्यालले एक प्रेस विज्ञप्ती जारी गरी घटनामा शहादत प्राप्त गर्ने विर बहादुर कटुवाल नविनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते बालक मोहन बहादुर श्रेष्ठको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उक्त घटनाको छानबिन गरी सत्यतथ्य जनतासमक्ष आउनुपर्ने भन्दै जनता मार्ने र मार्न लगाउनेलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् ।

पीडित परिवार तिनका बालबच्चाको उचित व्यवस्थापनका साथै क्षतिपूर्तिको माग गर्दै घाइतेको राज्यले पूर्ण रुपमा उपचार गर्न विज्ञप्तीमा माग गरिएको छ । अन्यथा पीडित जनताहरुले दलाल संसदीय व्यवस्था र निरिह प्रशासन विरुद्ध कडा संघर्ष गर्ने र त्यसले निम्त्याउने परिस्थितिको जवाफदेही दलाल संसदीय व्यवस्था र त्यसद्वारा निर्देशित निरिह प्रशासन नै हुनुपर्ने चेतावनी दिइएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘अन्ततः यो समग्र घटना र परिस्थिति हेर्दा दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएको र वैज्ञानिक समाजवाद प्राप्त गर्नको लागि एकिकृत जनक्रान्तिको संघर्षमय यात्रामा सहभागी हुन सम्पूर्ण जनसमुदायलाई आव्हान गर्दछौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here