पूर्व डीआईजीको पार्टीले पर्सामा खाता खाेल्याे

167

काठमाडौ । पूर्व डीआईजी रमेश खरेलको पार्टीले पनि स्थानीय तह निर्वाचनमा एक सिट जितेको छ।

नेपाल सुशासन पार्टीले  पर्साको पोखरीया नगरपालिकामा वडा अध्यक्षमा एक सिट जितेको हो। पोखरीया वडा नम्बर ९ मा ३७ वर्षीय नौसाद आलम विजयी भएका हुन्। आलमले ८ सय ७७ मत ल्याएका छन्। त्यस्तै नेपाली कांग्रेसका रामबाबु प्रसाद चौहानले  ६ सय ७८ मत ल्याएका हुन्।

पूर्व डीआईजी खरेल प्रहरी महानिरीक्षक नबनाइएपछि राजीनामा दिएर राजनितिमा होमिएका थिए। राजीनामा दिएको केही समय उनी निस्क्रिय रहेका थिए। भ्रष्टाचार संस्थागत रुपमा मौलाएको भन्दै २०७६ फागुन २९ गते पूर्व डीआईजी खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ शुरु भएको थियो। निर्वाचन आयोगमा पार्टी नै दर्ता गरेपछि खरेल तराईका जिल्लामा दौडधुपमा लागेका थिए।

नयाँ पार्टी खोलेका खरेलले काठमाडौं महानगरपालिको मेयरमा उम्मेदवारी दिने चर्चा पनि थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here