काठमाडौं । सेयर बजार नेप्सेमा बिहीबार २३ अंकले ओरालो लागेको गिरावट आएको छ । बुधबार पनि ८ अंकले ओरालो लागेको नेप्से परिसूचक बिहीबार २३ दशमलव ५१ अंकले ओरालो लागेको हो ।
नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८८ अंकले घटेर ४ सय ३७ दशमलव २१ अंकमा पुगेको छ। बिहीबार नेप्से बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।
बिहीबारको कारोबार रकम बुधबारभन्दा २ करोड ५४ लाखले कमी आएको हो । नेप्सेमा बुधबार १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
नेप्से बजारमा मिचुअल फन्टमा लगानीकर्ताबाहेक अधिकांश सेक्टरका लगानी कर्ताले गुमाएका छन् । मिचुअल फन्ट सेक्टरमा शून्य दशमलव ११ अंकको झिनो सुधार आउँदा लाइफ इन्स्योरेन्सको सेक्टरमा १७२ अंकले र नन् लाइफ इन्स्योरेन्सको सेक्टरमा १४३ अंकले ओरालो आउँदा अन्य सेक्टरमा १०० अंकमुनिको गिरावट आएको छ।
















