इन्धनको आपूर्तिमा निगमको विकल्पमा सरकार जानु गम्भीर गल्ति

113

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आयातका लागि नेपाल आयाल निगमको विकल्प खोज्न गरिरहेको गृहकार्यप्रति निगमको आधिकारीक ट्रेड युनियनले आपत्ति जनाएको छ ।

सरकारले निगमको विकास र विस्तार हुन नदिन हात खुट्टा बाँधेर त्यसको विकल्पमा निजी क्षेत्रलाई आयातको अनुमति दिन लागेको युनियनका अध्यक्ष मधुमास पुनले बताए । इन्धनको आपूर्तिमा निगमको विकल्पमा सरकार जानु गम्भीर गल्ति हुने उनको भनाइ छ । नियोजित रुपमा निगमलाई टाट पल्टाएर निजी क्षेत्रलाई यो क्षेत्र सुम्पिन खोजिएको भन्दै उनले यो कार्य कदापी स्वीकार्य नहुने बताए ।

‘नेपाल आयल निगमलाई करमाथि कर थोपार्ने,परल मूल्य बराबर मूल्य समायोजन पनि गर्न नदिने अनि तेल किन्ने पैसा नदिएर आर्थिक रुपले संस्थालाई टाट पल्टाउने,’ अध्यक्ष पुनले सामाजिक सञ्चाल मार्फत भनेका छन्, ‘त्यसपछि निजी क्षेत्रलाई सुम्पिने दाउ गरियो भने त्यो किमार्थ स्वीकार्य छैन ।’

निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको कारोबार सुम्पिएमा अहिले जस्तो खरिद मूल्य भन्दा कममा इन्धन उपभोक्ताले पाउनै नसक्ने भन्दै उनले एउटा समस्याको विषयान्तर गरेर अर्कै प्रकारको समाधान दिंदा नागरिक हैरान हुने बताए ।

आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बढुले निजी क्षेत्रलाई पेट्रोलियम आयातको अनुमति दिने गरी गृहकार्य भइरहेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here