रियल म्याड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि जित्याे

129
Real Madrid's Marcelo holds the trophy while celebrating with team mates winning the Champions League final soccer match between Liverpool and Real Madrid at the Stade de France in Saint Denis near Paris, Sunday, May 29, 2022. (AP Photo/Frank Augstein)

काठमाडौँ  ।  रियल म्याड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि हात पारेको छ । फ्रान्सको पेरसमा भएको फाइनलमा स्पेनिस क्लब रियलले इंग्लिस क्लब लिभरपुललाई १-० ले पराजित गर्दै उपाधि जितेको हो । भिनिसियस जुनियरले ५९ औं मिनेटमा गरेको एकमात्र गोल नै रियललाई उपाधि दिलाउन सफल भयो । लिभरपुल समर्थकहरु मैदानमा छिर्न नपाएका कारण तनाव सृजना गरेपछि खेल ३० मिनेट ढिलो सुरु भएको थियो । पराजयसँगै ७ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लिभरपुलको सपना भने चकनाचुर भएको छ । यस अघि यसै सिजनमा चेल्सीलाई दुईपटक पेनाल्टीमा पराजित गर्दै लिभरपुलले कारवाओ कप र एफए कपको उपाधि जितेको थियो । तर प्रिमियर लिगमा भने म्यानचेस्टर सिटीसँग केवल एक अंकले पछि परेपछि उपाधि जित्न सकेन । अर्कोतर्फ चार पटक च्याम्पियन्स लिगको उपाधि जित्ने कार्लोस एन्सेलोटी पहिलो प्रशिक्षक बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here