तारा एयर अपडेटः सेनाको हेलिकोप्टर जान नसक्दा ६५ जनाको टोली पैदलबाट जाँदै

109

काठमाडौँ – तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङको सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला पनि उद्धारका लागि तैनाथ नेपाली सेनाको हेलिकोप्टर पठाउन सकिएको छैन।

सेनाले हेलिकोप्टर घटनास्थलमा पठाउन ठिक्क पारिएको छ।

तर, मौसम खराब भएका कारण पठाउन समस्या भएको विजयपुर सेनाका जनसम्पर्क प्रमुख प्रेम पौडेलले जनाए।

हेलिकोप्टर जान सक्ने स्थिति मौसम खराबीका कारण नभएपछि पैदलमार्फत सेना पठाइएको उनको भनाइ छ।

उनका अनुसार ६५ जनाको सेनाको उद्धार टोली घटनास्थल नजिक पुगेका छन्।

त्यहाँ नेपाली सेनासहित फिस्टेल एयरको हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here