प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालीन पोखरीको उत्खनन

143

तौलिहवा । भगवान गौतमबुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालीन पोखरीको उत्खनन गरिएको छ । युनेस्को जापानिज फण्ड्स इन ट्रष्टको आर्थिक सहयोगमा सन २०१४ मा नेपाल सरकार पुरातत्व विभाग, बेलायतको दुरह्याम विश्वविद्यालय, लुम्बिनी विकास कोषलगायतको टोलीले सो क्षेत्रमा भूभौतिक सर्बेक्षण गरेको हो ।

भूभौतिक सर्वेक्षणबाट जमिनभित्र अलिकति धस्सिएको ३० बाई ३० मिटर क्षेत्रफलकोे एउटा संरचना फेला परेको थियो । भूभौतिक सर्वेक्षणले यसको वरिपरि चौडा बाहिरी पर्खाल भएको र मध्यभागमा खाली रहेको तथा उक्त संरचना प्राचीन नगरका अन्य सडक तथा भवनहरु जस्तै भएको सङ्केत गरेको थियो । उत्खननबाट नगरभित्र इँट्टाका गारोहरु लगाइएको ठूलो पोखरी रहेको भेटिएको हो ।

सो क्षेत्रको उत्खनन गर्दा जोगिएको २६ तहको इँट्टा भेटिएको र त्यो इँट्टाका तहहरु क्रम मिलाएर राखिएको पुरातत्व विभागका पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले बताउनुभयो । उक्त क्षेत्रमा निर्माण गरिएको पोखरीका इँट्टाहरु कुनै कुनै ४५ मिटर लम्बाइ भएको भेटिएको उहाँले बताउनुभयो । भेटिएको संरचनालाई रेडियो कार्बन तिथि निर्धारण गर्दा सो पोखरी मौर्यकालीन समयमा बनेको भनी पत्ता लागेको अधिकृत ज्ञवालीले बताउनुभयो । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here