आर्थिक वर्षको बजेट वक्तव्यमा समावेश भएका विषय कार्यान्वयनका लागि पूर्व तयारी सुरु

128
email sharing buttonकाठमाडाैं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका विषय कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आज मन्त्रालयमा आगामी आर्थिक वर्षको लागि आएको नीति तथा कार्यक्रम र बजेटमा समावेश कार्यक्रम कार्यान्वयनको विषयमा बैठक राखी यसको प्रभावकारी कार्यान्वयनमा लाग्न माताहतका निकायलाई निर्देशन दिइन् ।

विकासमा देखिएको असारेपनालाई अन्त्य गर्दै समयमा नै आवश्यक नीति, कार्यविधि तथा कार्ययोजना बनाई १ साउनदेखि नै कार्यक्रम र बजेट प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने गरी काम गर्न समेत मन्त्री श्रेष्ठले निर्देशन दिइन् ।

बजेटभन्दा पनि कार्यान्वयनमा रहेको ढिलासुस्ती प्रमुख समस्या रहेको औँल्याउँदै मन्त्री श्रेष्ठले आगामी दिनमा बजेटको मात्रै पछि नलागी प्रभावकारी कार्यान्वयन र जनताले महसुस गर्ने खालको उपलब्धि हासिल गर्न मातहतका सबै निकायलाई उच्च मनोबलका साथ लाग्न निर्देशन दिइन् ।

यसैबीच, भूउपयोग ऐनको प्रभावकारी रुपमा कार्यान्वयनका लागि भूउपयोग नियमावली आइसकेको सन्दर्भमा यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयका सहसचिव एव भूमि प्रशासन महाशाखा प्रमुख पद्मनिधि सोतीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठनसमेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here