काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४ जना कोभिड १९ संक्रमित थपिएका छन् । दुई हजार ५९५ वटा नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । आज थप ८ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या १०१ पुगेको छ । आज एकलाख ४३ हजार ५८२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


















