सदावहार गायक बसन्त खड्काका “यादहरू”

141

काठमाडौं । नेपालमा रहँदा नेाकरीकाे क्रममा डब्लु एच् अाे काे स्वास्थ्यसेवाबाट अवकास प्राप्त गरि, लामाे समयदेखि अमेरीका बस्दै आउनु भएका वरिष्ट गायक बसन्त खड्काले आफूले गाएका सबै गीतहरूलाइ म्युजिक भिडियाे, लिरिकल भिडियाे बनाउने क्रममा झण्डै चार दशक पुरानाे गीत पनि अब लिरिकल भिडियाेमा देखिने भएकाे छ । यादहरू नाममा निस्किएकाे बरिष्ट गीतकार शंकर प्रेरणाका शब्दहरूलाइ बरीष्ट , संगीतकार सराेज कार्थकले संगीत गर्नु भएकाे हाे भने म्युजिक एरेन्ज भुपाल मान सिंहकाे र रेकर्डिङ, मास्टरींग र मिक्सिंग दीप तुलाधर ज्युले सिम्फाेनिक स्टुडियाे, कमलादीमा गर्नु भएकाे हाे । गीतमा बसन्त खड्कालाइ बरिष्ट गायिक सुकमित गुरूङले साथ दिनु भएकाे छ ।
म्युजिक नेपालद्वारा ४० काे दशकमा उत्पादन गरीएकाे बसन्त खड्काकाे “लालिमा”, “The best of Basanta Khadka Vol. 1” र “The best of Basanta Khadka Vol. 2” गरी ३ वटा एल्बम बजारमा अाएका थिए । “यादहरू” गीत The best of Basangt Khadka Vol. 2 मा रहेकाे थियाे । म्युजिक नेपाललाइ हृदय देखि नै धन्यवाद दिदैं कंचन म्युजिक इन्टर्टेण्टमेण्टकाे ब्यानरमा युट्युबमा सार्वजनिक गरिएकाे उक्त गीतले पनि खड्का जीका अन्य गीतहरूले झै लाेकप्रियता कमाउने कुरामा कुनै द्विबिधा छैन । ” मृगतृष्णा ” नामको गजल एल्बम पनि ५० के दशकमा निस्किएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here