नेपालभर स्मार्ट क्यू आर सेवा नमस्ते पेले सुरु गर्‍यो

89

काठमाडौं । नमस्ते पे ले नेपालभर रहेका मर्चेण्टहरुमा स्मार्ट क्यूआर सेवा सुरु गरेको छ। नेपालका रहेका मर्चेण्टहरुमा स्मार्ट क्यूआर व्यापारीहरूमा उपलब्ध क्यूआरमा आधारित भुक्तानी सेवाहरू सुरु गरेको नमस्ते पेले जनाएको छ। नमस्ते पे प्रयोगकर्ताहरूले अब स्क्यान एण्ड पे सुविधा सुविधा प्रयोग गर्न सक्ने जनाइएको छ।

स्मार्ट च्वाइस टेक्नोलोजीद्वारा स्मार्ट क्यूआर स्वीकार गर्ने मर्चेण्ट आउटलेटमा क्यूआरमा आधारित भुक्तानीहरू गर्न सकिनेछ। स्मार्ट पे क्यूआर नेटवर्कमा आबद्ध मर्चेण्टहरुको संख्या बिस्तार गर्ने काम भईरहेको नमस्ते पेले जनाएको छ।
मस्ते पे वालेट प्रयोग गरि स्मार्ट क्यूआर मार्फत गोल्ड स्टारका सोरुमहरुमा भुक्तानी गर्दा ३० प्रतिशत वा ३०० रुपैंयासम्म छुट प्राप्त गर्न सकिने र निकट भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा अझै धेरै आकर्षक अफरहरु आउने जानकारी स्मार्ट क्यूआर नेटवर्क संचालक, स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नमस्ते पे वालेट संचालक, नेपाल डिजिटल पेमेन्ट्स कम्पनि लिमिटेडले संयुक्त रुपमा जानकारी दिएका छन्।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी, नेपाल दूरसञ्चार कं. लि. र पब्लिक क्षेत्रको सबैभन्दा ठूलो बैंक, राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा स्थापित कम्पनी हो। नेपाल डिजिटल पेमेन्ट्स कम्पनीमा ग्रामीण क्षेत्रको पहुँचदेखि वित्तिय तथा बैंकिङ्ग सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here