काठमाडाैं । ग्लोबल आईएमई ब्यांकका ग्राहकले मिनिसो र मिसियोका स्टोरहरूबाट सामान खरीद गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन्।
ब्यांकले अन्तर्राष्ट्रिय ब्रान्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी उक्त योजना सार्वजनिक गरेको हो। ग्लोबल आइएमई ब्यांकका ग्राहकहरूले ब्यांकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल ब्यांकिङबाट भुक्तानी गर्दा प्रत्येक कारोबारमा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन्।
योजना जेठ १८ गतेदेखि काठमाडौं उपत्यकाभित्रका मिनिसो र मिसियोका सबै स्टोरहरूमा लागू हुनेछ। फ्रेन्चाइजमा आधारित अन्तर्राष्ट्रिय रिटेल चेन डिपार्टमेन्टल स्टोर मिनिसो र मिसियोका १२ भन्दा बढी स्टोर रहेका छन्।


















