तनहुँमा बाढीले बगाउँदा वृद्ध बेपत्ता

132

तनहुँ  । आइतबार रातिदेखि परेको झरीका कारण आएको बाढीले बगाएर एक वृद्ध बेपत्ता भएका छन् । सोमबार बिहान भानु नगरपालिका–११ स्थित ढाँडफेदी खोला तर्ने क्रममा स्थानीय ६० वर्षीय चन्द्रबहादुर गुरुङलाई बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षाका कारण ढाँडफेदी खोलामा आएको बाढीले बगाउँदा गुरुङ बेपत्ता भएका र उनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

यस्तै, वर्षाका कारण भानु–९ बाइसजाँगरदेखि लमजुङको पाँचभाई चौतारा जाने मोटरमार्ग समेत भत्किएको छ भने मर्स्याङ्दी नदी माथिको झोलुंगे पुलमा समेत क्षति पुगेको छ ।

उक्त पहिरोले स्थानीय राहरी रोक्का (कान्छा दाई)को बंगुर, बाख्रा, हाँस, गाईको गोठसमेत पूर्णरुपमा क्षति पुर्‍याएको बताइएको छ ।

भानु मोटर मार्ग अन्तरगत भानुको वडा नम्बर २ र ५ जोड्ने चुँदी खोलाको बाङ्गेरुअ पुलको पर्खाल भत्काउँदा यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here