देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

83

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २१ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार २४८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

एक हजार ९९० जनाको पिसिआर र १ हजार २५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।अहिले देशभर १०९ जना सक्रिय संक्रमित छन्।

८ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here