जनता समाजवादी पार्टी फुटको संघारमा

63

 

काठमाडौं । जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । सरकारमा सहभागितालाई लिएर जसपाभित्र विवाद चुलिएको छ । जसपाका सांसदहरु मन्त्री नबनाएकोमा असन्तुष्टि जनाउँदै फुटको तयारीमा लागेका छन् ।

अबको मन्त्रिमण्डलमा नपरे पार्टी नै छाड्ने तयारीमा केही सांसद लागिसकेका छन् । अध्यक्ष उपेन्द्र यादवमाथि बहालवाला मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री बनाउन दबाब छ । तर, बहालवाला मन्त्रीहरुले पनि आफूहरुलाई फिर्ता बोलाए पार्टीबाट अलग हुने चेतावनी दिइसकेका छन् ।

कृषिमन्त्री महेन्द्र यादवसँग उपेन्द्र यादवको विवाद यथावत् छ । उनलाई सरकारबाट फिर्ता बोलाउन उपेन्द्रको विगत बाट नै तयारी थियो ।

मन्त्री बन्न अमृता अग्रहरी, प्रदिप यादव, प्रमोद साह, मोहम्मद इश्तियाक राई, राजकिशोर यादव, डा. सुरेन्द्र यादवलगायत दौडधूपमा छन् । उनीहरुले मन्त्रिमण्डल पुर्नगठन हुँदा नयाँ मन्त्री पठाउन दबाब बढाइरहेका छन् ।

जसपामा रहेकामध्ये महेन्द्र यादव र राजकिशोर यादव विगतमा राष्ट्रिय जनता पार्टीमा थिए । संघीय समाजवादी फोरम र राजपा एक भएपछि जसपा बनेको थियो । जसपा फुट्दा महेन्द्र यादव र राजकिशोर यादव उपेन्द्रको साथमा रहे । महन्थ ठाकुरको साथमा राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायत नेताहरु लागे ।

यसैगरी, लोसपालाई पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा लान खोजेका छन् । तर, लोसपा जसपालाई नै सत्ता छाड्न भनिरहेको छ । यसले दुवै दलभित्र नयाँ घटना विकास भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here