दश हजार क्वीन्टल खाद्यन्न माग

105

हुुम्ला ।खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले सिमकोटस्थित गोदामका लागि दश हजार क्वीन्टल खाद्यन्न माग गरेको छ । चालुु आर्थिक वर्षको निर्धारित कोटाको खाद्यन्नले नपुुग्ने निष्कर्ष जिल्ला खाद्य ब्यवस्थापन समितिले निकाल्दै सो खाद्यन्न माग गरिएको हो ।

लिमिटेड हुुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद आचार्यले समितिको निर्णयबाटै हुुम्लाका लागि दश हजार क्वीन्टल खाद्यन्न माग गरिएको बताउनुुभयो । थप कोटा माग गरिएको खाद्यन्न हवाई मार्गका लागि हो । शाखाका लागि वर्षेनी ३० हजार क्वीन्टल खाद्यन्न माग लिमिटेडसँग हुने गरेकोमा हवाई तथा पैदल मार्गबाट तेह्र हजार क्वीन्टल खाद्यन्नको ब्यवस्था हुने गरेको थियो । उहाँले जिल्लाबाट माग गरिएको छ , त्यसमा थप कोटाको ब्यवस्था प्रधान कार्यालयबाट हुने बिस्वास ब्यक्त गर्नुुभयो । थप कोटाको खाद्यन्न ब्यवस्था हुन नसके खाद्यन्न समस्या देखिने उहाँले बताउनुुभयो ।

हाल शाखाको गोदाममा छ सय क्वीन्टल भन्दा बढी खाद्यन्न मौज्दात रहेको छ । यसवर्ष जेठासी बाली समेत राम्रो हुन नसकेको अवस्था छ । अघिल्लो वर्ष लिमिटेड केन्द्रले दुुई हजार क्वीन्टल खाद्यन्न थपेको थियो । उहाँले चालुु आर्थिक वर्षमा हवाई मार्गबाट दश हजार क्वीन्टल खाद्यन्न कोटा निर्धारण गरिएको भएपनि अब ढुवानी हुन परिणाम बाँकी रहेको र आर्थिक वर्ष सकिन अझै समय बाँकी रहेको कारण थप कोटाको खाद्यन्न माग गरिएको बताउनुुभयो ।

उत्तरी नाम्खा गाउँपालिकाका दुुई वटा बिक्री केन्द्र र खार्पुनाथ गाउँपालिका याङ्चुु बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यन्न ढुवानी हुन नसकेपछि ती दुुवैमा शाखाको गोदामबाट खाद्यन्न बितरण गरिएको थियो । गाेरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here