दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या

97
शैल्यशिखर नगरपालिका–१ बारिलमा खरभित्र महिलालाई जलाएर हत्या ।

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलमा आगो लगाएर एकजना एकल महिलाको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बारिलका ४५ वर्षीया अनिभा खडायतको हत्या गरिएको जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक कार्कीका अनुसार घर नजिकैको खरको लुटो (कुन्यू) मा आगो लगाएर खडायतको हत्या गरिएको हो ।घटनाबारे अनुसन्धानका लागि दार्चुलाका डीएसपी प्रतिक विष्ट नेतृत्वको टोली घटनास्थल जाँदै गरेको उहाँले बताउनुभयो ।

घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट पनि टोली परिचालन गरिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

एकल महिला खडायतलाई राति हत्या गरिएको अवस्थामा फेला पारेको शैल्यशिखरको वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले बताउनुभयो ।

खडायतका श्रीमान् सात वर्ष पहिले बित्नुभएको थियो भने उहाँका दुई छोरी र एक छोरा हुनुहुन्छ । घटनामा संग्लन रहेको आङ्शकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक कार्कीले शङ्कास्पद दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताउनुभयो ।  गाेरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here